एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
युरोपको भौतिकशास्त्र प्रयोगशाला सिइआरएनले आउँने नोभेम्बरको अन्त्यमा रुससँगको सहकार्य तोड्दा रुसी संस्थानसँग सम्बद्ध भन्डै पाँच सय जना वैज्ञानिक प्रभावित हुने बताएको छ । सिइआरएनको निर्णय लिने संस्थाले युक्रेनमा युद्धका कारण सन् २०२२ जुनमा रुस र उसको सहयोगी बेलारुससँगको सहकार्य सम्झौता अन्त्य गर्ने निर्णय गरेको थियो ।
प्रयोगशालाका अनुसार बेलारुसको पाँच वर्षको सम्झौता गएको जुन २७ मा समाप्त हुँदा नवीकरण गरिएको थिएन । रुससँगको सम्झौता पनि नोभेम्बर ३० मा समाप्त भएपछि यसलाई अगाडि बढाइने छैन ।
यसअघि नै १५ जना बेलारुसी वैज्ञानिकलाई सिइआरएनसँगको सहकार्यबाट रोकिएको थियो भने चाँडै सयौँ रुसी वैज्ञानिकले पनि यस्तै परिस्थितिको सामना गर्ने अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । ती वैज्ञानिक प्रयोगशालबाट काम गर्दै सिइआरएन सम्बद्ध प्रयोग र तथ्याङ्क विश्लेषण कार्यमा सहभागी भएका थिए ।
ठूलो सङ्ख्यामा वैज्ञानिक बाहिरिने भएपछि सिइआरएनले महत्त्वपूर्ण वित्तीय योगदान गुमाउनेछ । रुसले प्रयोगशालाको विशाल कण उत्प्रेरक लार्ज हाड्रोन कोलाइडरमा सञ्चालित प्रयोगको वार्षिक सञ्चालन लागतको झन्डै चार दशमलव पाँच प्रतिशत अर्थात् २७ लाख डलर योगदान दिँदै आएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।