एभरेस्ट महिला भलिबल लिग : ललितपुर र कर्णाली, काठमाण्डौ र गण्डकी तथा चितवन र मधेश खेल्दै

 असोज १६, २०८१ बुधबार १२:५२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एभरेस्ट महिला भलिबल लिगमा आज पनि तीन वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे ललितपुी क्विन्स र कर्णाली यश्विस खेल्दैछन् ।

त्यस्तै बेलुका पौने ६ बजे काठमाण्डौ स्पाइकर्स र गण्डकी थन्डर्स तथा राति पौने ८ बजे चितवन शक्ति र मधेश युनाइटेड खेल्ने छन् । हिजो भएका खेलमा ललितपुरले मधेशलाई र कर्णालीले गण्डकीलाई हराउँदै लगातार दोस्रो जित निकालेका छन् । त्यस्तै काठमाण्डौले चितवनलाई हराएर पहिलो जीत निकालेको छ ।

नेपालको पहिलो फ्रेन्चाइज भलिबल लिगमा सहभागी ६ टोलीले एकअर्कासँग खेलेपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले असोज १९ गते फाइनल खेल्नेछन् ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया