देशका धेरै ठाउँमा आंशिक बदली : पर्सि रातिदेखि फेरि पानी प...
पुस १०, २०८१ बुधबार
काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेश र पाकिस्तानले विजयी शुरुआत गरेका छन् ।
हिजो भएको समूह 'बी' को उद्घाटन खेलमा बङ्गलादेशले स्कटल्यान्डलाई १६ रनले हरायो । बङ्गलादेशले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि सारा ब्रेसले सबैभन्दा धेरै ४९ रन बनाइन् । बङ्गलादेशकी रितु मोनीले २ विकेट लिइन् ।
यसअघि यूएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय १९ रन बनायो । बङ्गलादेशका लागिसोभना मोस्तारीले ३६ रन बनाइन् । स्कटल्याडकी सस्किया होर्लीले ३ विकेट लिइन् ।
यस्तै गएराति भएको समूह 'ए' को खेलमा पाकिस्तानले श्रीलङ्कालाई ३१ रनले हरायो । पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २० ओभरमा ९ विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो । श्रीलङ्काका लागि निलकशिखा सिल्भाले सबैभन्दा धेरै २२ रन बनाइन् । पाकिस्तानकी सादिया इकबालले ३ विकेट लिइन् ।
यसअघि शारहाजमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान २० ओभरमा १ सय १६ रन बनाउँदा अलआउट भयो । पाकिस्तानका लागि फतिमा सनाले ३० रन बनाइन् । श्रीलङ्काकी उदेशिखा प्रबोधानी र सुगन्दिका कुमारीले समान ३ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।