बीपी राजमार्ग र कान्ति लोकपथबाहेक अरु मुख्य सडक नियमित सञ्चालनमा

 असोज २१, २०८१ सोमबार ७:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अघिल्लो हप्ताको बाढीपहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्ग तथा सडक नियमित रुपमा सञ्चालनमा आउन थालेका छन् ।

हेटौँडा–भीमफेदी–काठमाण्डौ सडक एक हप्तापछि हिजोदेखि सञ्चालनमा आएको छ । अब हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाण्डौ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ सडक सञ्चालनमा आएको छ । तर काठमाण्डौ–हेटौँडा जोड्ने अर्को सडक कान्ति राजपथ भने खुलाउन भने अझै केही दिन लाग्ने भएको छ ।

काठमाण्डौको जीवन रेखा अर्थात लाइफ लाइनका रूपमा रहेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ भने यसअघि नै सञ्चालनमा आइसकेका छन् । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने सबैभन्दा व्यस्तमध्येको बीपी राजमार्ग खुलाउन भने अझै समस्या भएको छ ।

बीपी राजमार्गको रोशी खोलादेखि पूर्व–दक्षिण १२ किलोमिटरसम्म बाटो बगाएको छ । त्यसकारण त्यहाँ तत्काल यातायात सञ्चालन गर्न नसकिने सडक विभागले जनाएको छ ।

बाढीले बगाएको बाटो बनाउन नसक्दा पूर्व जाने यात्रुले वैकल्पिक बाटो खोज्न थालेका छन् । बीपी राजमार्गको सबभन्दा ठूलो विकल्पको रुपमा काठमाण्डौ–हेटौँडा जोड्ने सडक बनेका छन् ।

बीपी राजमार्गको विकल्पमा काभ्रेको भकुन्डेबेँसीबाट तिमाल खैरेनी हुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाट सुनकोशी नदी पार गरी बीपी राजमार्ग निस्कने छोटो दूरीको सडक सञ्चालनमा आएको छ । तर यी बाटो भएर यात्रा गर्दा गाडीवालाले दोब्बर भाडा लिने गरेको यात्रुको गुनासो छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया