शेयर बजार ३७ अङ्कले बढ्यो, ७ अर्ब रुपैयाँभन्दा धेरैकाे कारोबार

 असोज २१, २०८१ सोमबार १८:७:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि बढेको छ । हिजो ५६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव १३ अङ्कले बढेर दुई हजार ६ सय ९० दशमलव ७२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, माइक्रोफाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज थ्री स्टार हाइड्रोपावर र दोल्ती पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका एक करोड ५८ लाख कित्ता शेयर सात अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्स कम्पनीको २६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया