बङ्गलादेशसँगको टी–२० शृङ्खला भारतको ‘क्लिन स्वीप’

 असोज २७, २०८१ आइतबार ८:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – बङ्गलादेशसँगको तीन खेलको टी–२० शृङ्खला भारतले ‘क्लिन स्वीप’ गरेको छ । गएराति भएको तेश्रो तथा अन्तिम खेलमा भारतले बङ्गलादेशलाई एक सय ३३ रनको फराकिलो अन्तरले हराएको हो ।

भारतले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले सात विकेट गुमाएर एक सय ६४ रन मात्रै बनाउन सक्यो । बङ्गलादेशका लागि तौहिद हृदयले अविजित ६३ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । भारतका रवि बिश्नोईले तीन तथा मयङ्क यादवले दुई विकेट लिए ।

त्यसअघि हैदराबादमा टस जितेर पहिला व्याटिङ गरेको भारतले छ विकेट गुमाएर दुई सय ९७ रन बनाएको थियो । भारतका ओपनर सञ्जु साम्सनले एक सय ११ रनको शतकिय पारि खेले । यस्तै कप्तान सूर्यकुमार यादवले ७५ रन बनाए । बङ्गलादेशका लागि तन्जिम हसन साकिबले तीन विकेट लिए ।

भारतले बङ्गलादेशलाई पहिलो टी–२० खेलमा सात विकेटले र दोश्रो खेलमा ८६ रनले हराएको थियो । यसअघि बङ्गलादेशसँगको दुई खेलको टेष्ट शृङ्खला पनि भारतले जितेको थियो ।

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया