श्रीलङ्कामा विद्युतीय धरापमा परेर ५० वटा जङ्गली हात्ती मरे : स...
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–८ को ५० किलोमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार सडक मर्मतपछि एकतर्फी खुलेको हो ।
सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकोमा पालिका र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाइएको उहाँले बताउनुभयो । सडक खुलेसँगै हिजो बेलुकादेखि रोकिएको गाडी गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ ।
यसैबीच हेटौँडा-कुलेखानी-फाखेल भएर काठमाण्डौ आउजाउ गर्दा इन्द्रसरोवर गाउँपालिका–२ र ३ को हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाण्डौ जाँदा त्रिभुवन राजपथ तथा कान्ति लोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।