फाल्गुनन्द गोल्डकप : तेस्रो क्वाटरफाइनलमा आज चर्च ब्वाइज र विराट...
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – आउँदो कात्तिक एक गतेदेखि हुने महिला साफ च्याम्पियनशिप फुटबल खेल्न पाकिस्तानको टोली नेपाल आइपुगेको छ । साफको सातौं संस्करण खेल्न गएराति आएको टोलीलाई एन्फा प्रवक्ता सुरेश शाहले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभयो । पाकिस्तानले साफमा सहभागी हुन अन्तिम समयमा स्विकृति पाएको हो ।
पाकिस्तानी बोर्डले स्विकृत दिन आनाकानी गरेपछि पाकिस्तान महिला फुटबल टोलीको सहभागिता अन्योलमा परेको थियो । नेपालमा तेस्रो पटक आयोजना हुन लागेको प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्नेछ । प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । सात वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स र भुटान छन् ।
यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा कात्तिक एक गते भारत र पाकिस्तानबीच खेल हुनेछ । आयोजक नेपालले भने कातिक २ गते भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगेपनि उपाधि जित्न सकेको छैन ।
महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ । एन्फाका प्रतियोगिता संयोजक सञ्जीव मिश्रले विदेश लिग खेलिरहेका रेखा पौडेल र सावित्रा भण्डारीले पनि साफ च्याम्पियनशिप खेल्ने जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।