दाइकै टिमसँग हारेको भनेर जिस्काउँदा रिस उठेको थियो, उपाधि ...
पुस ७, २०८१ आइतबार
कैलाली – खाद्य तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान खरिद गर्न शुरू गरेको छ । कम्पनीको प्रादेशिक कार्यालय धनगढीले आजदेखि धान खरिद गर्न शुरू गरेको हो ।
यस वर्ष कैलालीको मोहनपुर, टीकापुर र सत्ती गरी तीन वटा गोदामका लागि ६ ठाउँबाट ५५ हजार क्विन्टल मोटा धान खरिद गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । यस वर्ष सरकारले मोटा धानको खरिद मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ ।
किसानले धान बिक्रीका लागि परिचय खुल्ने कागजात, वडा कार्यालयको सिफारिश र स्वघोषणा–पत्र ल्याउनुपर्ने कम्पनीको सूचनामा उल्लेख छ । किसानको समर्थन मूल्यभन्दा व्यापारीले बढी मूल्यमा धान खरिद गरेपछि गएको वर्ष कम्पनीले कैलालीमा लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।