अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
अमेरिकामा आउँदो नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय चुनावलाई लक्षित गरी मतदाताहरुलाई अर्बपति एलन मस्कले दिने १० लाख डलर रोक्न मुद्दा दायर भएको छ ।
फिलाडेल्फियाका मुख्य अभियोजकले मस्क र उहाँको ट्रम्प समर्थक राजनीतिक कार्य समिति पीएसीविरुद्ध मुद्दा दायर गरेका हुन् । स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी मस्कको समितिविरुद्ध डेमोक्रेट जिल्ला अटर्नी ल्यारी क्रासनरले पेन्सिलभेनिया राज्य अदालतमा मुद्दा दायर गर्नुभएको बीबीसीले जनाएको छ ।
यसअघि गएको हप्ता न्याय मन्त्रालयले मस्कको अमेरिका पीएसीलाई एक पत्र पठाउँदै १० लाख डलरको उपहारले सङ्घीय कानून उल्लङ्घन गर्नसक्ने चेतावनी पनि दिएको थियो । यो कानूनले मतदान दर्ताका लागि मानिसहरूलाई पैसा दिन प्रतिबन्ध लगाउँछ ।
मस्कले रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई गएको जुलाईदेखि मतदाताको थप समर्थन जुटाउन आफ्नो लाखौँ डलर र समय खर्चिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।