अस्ट्रेलियाका बेन कटिङले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग खेल्ने

 कात्तिक १३, २०८१ मंगलबार १५:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाका क्रिकेटर बेन कटिङले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

३७ वर्षीय अलराउन्डर कटिङलाई दोस्रो विदेशी खेलाडीका रूपमा आज टोलीमा अनुबन्ध गरेको लुम्बिनीले जनाएको छ । लुम्बिनीले यसअघि इङ्गल्यान्डका विकेटकिपर ब्याटर टम मोर्सलाई अनुबन्ध गरेको थियो ।

कटिङले अस्ट्रेलियाबाट चार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र सात टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । अस्ट्रेलियाका कटिङले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बाश लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग लगायतका चर्चित फ्रेन्चाइज लिग पनि खेलेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीको मुख्य प्रशिक्षकमा नन्दन पाडनिस छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया