काठमाण्डौ उपत्यकामा पटका पड्काउने क्रम रोकिएन

 कात्तिक १६, २०८१ शुक्रबार १४:५३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने यो तिहारमा रोकिएको छैन । काठमाण्डौको मुख्य मार्गभन्दा अलि भित्री तथा काठ क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् ।

हिजो लक्ष्मी पूजाको बेलुकादेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि चलिरहेको छ । लगातार पटका पड्काउँदा ध्वनी प्रदूषण भएको र आगलागीको जोखिम पनि बढेको चन्द्रागिरीका शरण शर्माले बताउनुभयो । मुख्य मार्ग तथा काठमाण्डौको ‘कोर’ क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति देखिए पनि अली भित्री सडकहरुमा न्यूनरुपमा मात्रै गस्ती भइरहेको छ ।

नेपाल प्रहरीले भने पटका तथा विष्फोटक पदार्थ नियन्त्रणमा उपत्यकाका १० वटै नाकामा सुरक्षा निगरानी बढाइएको तथा विभिन्न क्षेत्रमा जाँच अभियान तीव्र भइरहेको दाबी गरेको छ ।

प्रहरीलाई छलेर यस्ता गतिविधि छिटफुट घटना भएमा पक्राउ गर्ने र कारबाही गर्ने गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले बताउनुभयो ।      
 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया