‘द हङकङ सिक्सेस’ क्रिकेट : नेपालले अस्ट्रेलियालाई ११ रनले हरायो

 कात्तिक १७, २०८१ शनिबार ७:२३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै –  २०औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको छ । नेपालले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया एक सय रनमा अलआउट भयो ।

अस्ट्रेलियाका लागि ज्याक उडले सर्वाधिक ५५ रन बनाए । नेपालका प्रतिश जिसीले तीन विकेट लिए । यस्तै लोकश बम र विबेक यादवले एक/एक विकेट लिए ।

त्यसअघि मिसन रोड ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा दुई विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दिप जोराले अविजित ५१ रन बनाएर रिटायर्ड भए । यस्तै लोकेश बमले ३३ रन बनाए । अस्ट्रेलियाका ज्याक उडले दुई विकेट लिए ।

यो जीतसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यसअघि हिजो बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्यान्डलाई छ विकेटले पराजित गरेको थियो । 

यस्तै नेपालले क्वाटरफाइनलमा आजै दिउँसो १ बजेर ३५ मिनेटमा श्रीलङ्कासँग खेल्दैछ । नेपालले पहिलो पटक ‘द हङकङ सिक्सेस’ प्रतियोगिता खेलेको हो । प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया