इन्धन गाडीभन्दा विद्युतीय गाडीको आयात झन्डै दोब्बर
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – आज देशका केही ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज मौसम बदली भएको छ । साथै भोलि भाइटीकाको दिन पनि थप बदली र हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
भोलि कोशी प्रदेशको पहाडी भागका एक/दुई ठाउँ तथा तराईका केही भाग, बागमती र गण्डकी प्रदेशका पहाडी केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज काठमाण्डौ उपत्यकामा पनि मौसम बदली भएको छ । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । आज र भोलि उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैबीच देशैभर चिसो बढ्न थालेको छ । यसैहप्तादेखि चिसो थप बढ्ने मौसमविद्ले बताएका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ तारिखपछि तीन डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्न सक्ने बताउनुभयो । चिसोका कारण दम, रुघाखोकी, ज्वरोलगायतका समस्या हुने भएकाले आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्यविद्ले सुझाव दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।