कर्णाली प्रदेशमा साइबर अपराधका घटनाहरु बढ्दै
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – जाजरकोट भूकम्पको एक वर्ष बितेको छ । पोहोर कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट, रुकुमपश्चिमसहितका जिल्लाका एक सय ५४ जनाले ज्यान गुमाएका थिए । हजारौं निजी घर, सयौं विद्यालय र सरकारी भवन क्षतिग्रस्त भए पनि अहिलेसम्म घर तथा संरचना पुनर्निर्माणको थालनी हुन सकेको छैन ।
पोहोरको हिउँद, वैशाख, जेठको गर्मी र बर्खे झरी टहरोमै बिताएका कतिपय पीडितले अबको हिउँद पनि टहरोमै बिताउनुपर्ने अवस्था छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन सकेको छैन । भूकम्पसँगै अघिल्लो महिनाको बाढी/पहिरो र डुबानबाट विपद् पीडित थपिए ।
भूकम्पबाट मात्रै ७० हजारभन्दा धेरै घर पूर्ण तथा आशिंक क्षति भएका छन् । तर पुनर्निर्माणका लागि सरकारले चासो नदिएको पीडितको गुनासो छ । सरकारी ढिलासुस्ती र उदासीनताले भूकम्पपीडितको अवस्था कष्टकर बनेको छ ।
एक वर्षभित्रै स्थायी संरचना बनाउने घोषणा गरेको सरकारले काम कहिले थाल्ने हो टुङ्गो छैन । तर प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल तत्कालै शुरु हुने दाबी गर्नुहुन्छ । उहाँका अनुसार एक वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएका घर तथा संरचना र यसवर्षको बाढी र पहिरोले गरेको क्षतिको पुनर्निर्माण कार्य अब सँगसँगै अघि बढ्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।