विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै

 कात्तिक १७, २०८१ शनिबार ९:३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्दैछ । अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल आज राति सवा नौ बजे शुरु हुनेछ । आफ्नो पहिलो खेलमा अमेरिकासँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो ।

लिग–२ मा नेपाल १० खेलमा दुई जीतसहित पाँच अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । अमेरिका ११ खेलमा १४ अङ्कसाथ दोश्रो स्थानमा छ । लिग–२ को तालिकामा क्यानडा १२ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा छ ।

नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग–२ खेलिरहेका छन् । अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया