देउसी–भैलोको मौलिकता हराउँदै : र्‍याप, पपमा झुम्दै युवायुवती, बुढापाका चिन्तित

 कात्तिक १९, २०८१ सोमबार ९:१८:४६ | रासस
unn.prixa.net

पाँचथरको फिदिम नगरपालिका–१ बिपीमार्गमा लिम्बू (याक्थुङ) समुदायको मौलिक पोशाक र गरगहनामा सजिएर देउसी-भैलो खेल्दै युवायुवती । तस्बिर : रवीन्द्र काफ्ले/रासस

बाग्लुङ – पछिल्ला वर्ष देउसी–भैलोको मौलिकता हराउँदै गएको गुनासो बढ्दो छ । सोरठी, मारुनीसहित पुराना नाच नाचेर खेलिने देउसी–भैलो पछिल्लो समय हराउँदै गएको हो । मौलिक संस्कृतिसहितको देउसी–भैलो हराउँदै गएपछि बुढापाका चिन्तित बनेका छन् । गाउँ, टोल र छिमेक गुञ्जायमान छन् तर यसको मौलिकता भने वर्षेनि हराउँदै गएको पाको पुस्ताको गुनासो छ ।

तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । तर हिजो आज र्‍याप, पपमा युवायुवतीले देउसी–भैलो खेल्दा बुढापाकाले खिन्नतता व्यक्त गर्छन् । बाग्लुङको निसीखोला गाउँपालिका–४ का ७४ वर्षीय धनबहादुर घर्तीले परम्परागत देउसी–भैलोलाई आधुनिकताले प्रभावित गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘जुग जमानासँगै हाम्रा कला, संस्कृति हराउँदै गए, नयाँ पुस्ताले मौलिक संस्कृतिलाई बिर्सिए ।’

गलकोट नगरपालिका–१० का पूर्णबहादुर घर्ती मगरले अरूको देखासिकीका कारण हाम्रो मौलिकता हराएको गुनासो गर्नुभयो । काठेखोला गाउँपालिका–१ का २७ वर्षीया कमल थापा मगर बाउबाजेले मौलिकतालाई संरक्षण गरे पनि आफ्नो पुस्ताले जोगाउन नसकेको स्वीकार गर्नुहुन्छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया