इङ्ग्ल्याण्डका एस्किनाजीले काठमाण्डौबाट एनपीएल खेल्ने

 कात्तिक २१, २०८१ बुधबार ६:५६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इङ्ग्ल्याण्डका क्रिकेटर सन एस्किनाजीले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गुर्खाजबाट खेल्ने भएका छन् । काठमाण्डौले तेस्रो विदेशी खेलाडीको रुपमा विकेटकिपर ब्याटर एस्किनाजीलाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।

काठमाण्डौले पहिलो विदेशी खेलाडीका रुपमा नेदरल्यान्ड्सका विस्फोटक ब्याटर माइकल लेभिट र दोस्रो विदेशी खेलाडीको रुपमा नामिबिया क्रिकेट टिमका कप्तान जेहार्ड एरास्मसलाई अनुबन्ध गरेको थियो । एस्किनाजीले १ सय १० टी ट्वान्टी खेलमा ३ हजार १ सय ५ रन बनाएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी मार्की खेलाडी रहेको काठमाण्डौमा वसन्त शाही ठकुरी मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आउने मङसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया