अमेरिकी राष्ट्रपति चुनावको मतदानमा ३८ राज्यको नतिजा सार्वजनिक, रिपब्लिकन पार्टीका ट्रम्प अगाडि

 कात्तिक २१, २०८१ बुधबार १२:१२:४५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिएसँगै नतिजा आउन थालेको छ । अहिलेसम्म ३८ राज्यको नतिजा आएको छ । १२ वटाको मतगणना बाँकी छ ।

मतगणना भइसकेकामध्ये २४ राज्यमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १४ राज्यमा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी हुनुभएको बीबीसीले जनाएको छ । ट्रम्पको २ सय ४६ र कमलाको १ सय ८७ अङ्क रहेको छ । जीतका लागि २ सय ७० अङ्क आवश्यक पर्छ ।

दुई पार्टीबीचको मतकाे अन्तर निकै कम भएको सात वटा 'स्विंग स्टेट' को नतिजा नआएसम्म चुनावको नतिजा कता जान्छ भन्ने अनुमान गर्न कठिन हुने विश्लेषकहरूले बताएका छन् । यी राज्यहरूमा ९३ सिट छन् । अहिलेसम्म ट्रम्पले यीमध्ये एउटा नर्थ क्यारोलिना जित्नुभएको छ ।

न्यूओर्क टाइम्सकाअनुसार ट्रम्प बाँकी सातमध्ये चार राज्यमा अगाडि हुनुहुन्छ । राष्ट्रपतिको चुनावसँगै अमेरिकी संसद्को दुवै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभका लागि पनि चुनाव भएको छ । यसमा पनि ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता लिएको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया