उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ – एसीसी पुरुष १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले पहिलो खेल श्रीलङ्कासँग खेल्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसीसी) ले हिजो सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २९ अर्थात् मंसिर १४ गते श्रीलङ्कासँग खेल्नेछ ।
प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपाल र श्रीलङ्कासहित बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’ छन् । भारत, पाकिस्तान, यूएई र जापान समूह ‘ए’ मा छन् ।
नेपालले डिसेम्बर १ मा बङ्गलादेशसँग र डिसेम्बर ३ मा अफगानिस्तानसँग समूह चरणको खेल खेल्नेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल डिसेम्बर ६ र फाइनल खेल डिसेम्बर ८ मा हुनेछ ।
एशियाका पाँच टेष्ट राष्ट्र र छनोट भएर आएका नेपालसहितको तीन गरी जम्मा आठ टोलीले प्रतिस्पर्धा गर्ने १९ वर्षमुनिको एशिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म यूएईको दुबई र शारजहाँमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।