नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैङ्कको कर्मचारी हुँ भन्दै खातासम्बन्धी विवरण माग्ने व्यक्तिबारे सूचना दिन आग्रह गरेको छ । खाता विवरण मागेर ठगी गर्ने तथा नक्कली खाता खोलेर आर्थिक अपराधका घटना बढ्न थालेको भन्दै प्रहरीले सचेत गराएको हो ।
सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले अहिले ह्याकरले बैङ्कका कर्मचारी बनेर ठगीका गतिविधि बढाएका बताउनुभयो । यसअघि चिट्ठा परेको, उपहार आएको, पार्सल आएको जस्ता प्रलोभन देखाएर रकम ठगी हुने गरेको थियो । कुनै पनि बैङ्कका कर्मचारीले फोन गरेर विवरण नमाग्ने भन्दै बोगटीले यस प्रकारका ठगीका घटनाका उजुरी धेरै बढेकोले नागरिक पनि सचेत हुनुपर्ने बताउनुभयो ।
सिआइबीले निकालेको सूचनामा अनलाइन ठगी÷बैङ्किङ ठगी कसुरबाट बच्न सचेत हुनु भनिएको छ । राष्ट्र बैंकले पनि पटक–पटक बैङ्कका कर्मचारीहरुले खाता विवरण नमाग्ने बताउँदै आएको छ । तर त्यही किसिमका घटना बढेको पाइएकोले थप सचेतता आवश्यक रहेको पाइएको सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।