उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
दैलेख – दैलेखका किसानले रैथाने जातका धान रोप्न थालेका छन् । कर्णाली प्रदेश सरकारले रैथाने बालीमा प्रवर्द्धनका कार्यक्रम शुरू गरेपछि दैलेखका धेरैजसो किसानले रैथाने जातका देरादुने, झ्याले, भुरसाले, गुणे र कालेगुणे धान रोप्न थालेका हुन् । किसानले गुणे धानमा अझ बढी चासो देखाएका छन् ।
नारायण नगरपालिका–७ बिजौराका किसान तुलाराम नेपालीले रैथाने धान पोसिलो, लगाउने विधि र हावापानी सुहाउँदो भएका कारण भनभनेमा नौ रोपनी खेतमध्ये पाँच रोपनीमा गुणे धान लगाएको बताउनुभयो । यस्तै नारायण नगरपालिका–११ विन्ध्यवासिनीकी शर्मिला थापा मगरले टौवा खेतमा नौ रोपनीमा गुणे धान लगाएको र राम्रो फलेको सुनाउनुभयो ।
सिँचाइ राम्रो पुग्ने फाँटहरूमा धेरै उत्पादन हुने, गोड्न पनि त्यति दुःख नहुने, धानको मूल्य पनि बढी पाइने भएकोले आफूजस्तै अरू किसानले पनि गुणे धान रोपेका भैरवी गाउँपालिका–४ डाँडीमाडीका राजकुमारी आचार्यले भन्नुभयो । धैरैजसो धान स्थानीय होटलले लैजाने गरेका उहाँले बताउनुभयो ।
दैलेखको कूल खेतीयोग्य जमिन ४१ हजार एक सय ३१ हेक्टरमध्ये झन्डै आठ हजार हेक्टरमा धानखेती हुने गरेकोमा एक हजार हेक्टर जमिनमा गुणे धान लगाइने गरेको कृषि विकास कार्यालय दैलेखका प्रमुख राजु भूजले जानकारी दिनुभयो । गुणे धान खेती हुने मुख्य क्षेत्र नौमूलेमा कर्णाली प्रदेश सरकारले बीउ र मलमा ७५ प्रतिशत अनुदान दिएका कारण किसान आकर्षित भएका नौमूले गाउँपालिकाका कृषि प्राविधिक प्रमुख दिनेश न्यौपानेको भनाइ छ ।
रैथाले बालीमा रोग कम लाग्ने, किराले आक्रमण कम गर्ने, जलवायु परिवर्तनको असर पनि कम पर्ने भएकाले उन्नत जात भनिएका धानहरूको सट्टा गुणे धानको खेती बढेको दुल्लू नगरपालिका–१३ मालिकाका अगुवा किसान बिष्णुबहादुर शाहीले बताउनुभयो ।
दैलेख सदरमुकाममा रहेको पञ्चकोशी होटलकी व्यवस्थापक गोमा न्यौपानेले आफूकहाँ आउने सबैजसोले गुणे धानको भात खान खोज्ने भएकोले १२/१५ क्विन्टल धान ल्याउने र आवश्यकताअनुसार आफैँले कुटान गर्ने गरेको बताउनुभयो ।
गुणे धानलाई सिँचाइको राम्रो प्रबन्ध हुनुपर्ने, रोपाइँमा बढी खेताला लाग्ने, गोडमेलमा ध्यान दिनुपर्ने लगायतका कारणले लागत खर्च बढे पनि बजारमा माग बढेकाले किसान यसतर्फ आकर्षित भएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।