शेयर बजार झन्डै २९ अङ्कले बढ्यो
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार तीन महिनामा रेमिट्यान्स साढे ११ प्रतिशतले बढेर चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।
तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७० हजार पाँच सय जना रहेको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै सात हजार जनाले कम हो ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार तीन महिनामा आयात ४ दशमलव २ प्रतिशत र निर्यात ६ दशमलव १ प्रतिशतले घटेको छ । यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ ।
यस्तै कुल विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ र अमेरिकी डलरमा १६ अर्ब ६० करोड डलर रहेको छ ।
यस अवधिमा सरकारको खर्च तीन खर्ब २९ अर्ब २० करोड रुपैयाँ र राजस्व परिचालन जम्मा दुई खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन २ दशमलव ६ प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।