राष्ट्र बैंकको रिपोर्ट : मूल्यवृद्धि घट्याे

 मंसिर ४, २०८१ मंगलबार १५:२२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – गएको असोज महिनामा मुल्यवृद्धि घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति साढे ७ प्रतिशत रहेको थियो ।

यस्तै असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव १८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असोजमा खाद्य र पेय पदार्थको मुद्रास्फीति ८ दशमलव ४८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६ दशमलव ८५ प्रतिशतले वृद्धि भएको थियो ।

यो वर्षको असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५ दशमलव १५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ५७ प्रतिशत र घपय तथा तेलको ४ दशमलव ९८ प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया