स्याङ्जाका तीन महिला क्रिकेटरलाई खुमा अर्याल फाउण्डेशनद्वारा एक/एक लाख रुपैयाँ पुरस्कार

 मंसिर ६, २०८१ बिहीबार ८:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – स्याङ्जाको खुमा अर्याल फाउण्डेशनले तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरेको छ ।

१९ वर्षमुनिका उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै यूएईमा सम्पन्न टी–२० महिला क्रिकेट प्रतियोगितामा सहभागी स्याङ्जाका तीन जना खेलाडीहरु ज्योत्सिना मरासिनी, सिमाना केसी, कुसुम गोदार तथा स्याङ्जा क्रिकेट सङ्घका अध्यक्ष दिवाकर थापालाई पुरस्कार तथा सम्मान गरिएको संस्थाका सचिव ध्रुव शर्माले जानकारी दिनुभयो ।

देशका लागि खेल्न पाउँदा आफूलाई गर्व लागेको र आगामी दिनमा खेल्नका लागि थप ऊर्जा मिलेको खेलाडी ज्योत्सिना मरासिनीले बताउनुभयो ।

महिला खेलाडीलाई स्याङ्जाको पुतलीबजार नगरपालिकाले पनि जनही ३३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार तथा सम्मानस्वरुप प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो ।

यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले जनही  १५ हजार नगद पुरस्कारसहित आज सम्मान गर्दैछ । 
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया