उपचुनावको नमुना मतपत्र सार्वजनिक

 मंसिर ७, २०८१ शुक्रबार १७:५८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – निर्वाचन आयोगले यहि मंसिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि आवश्यक पर्ने मतपत्रको नमुना ढाँचा तयार गरी सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न समावेश गरी मतपत्र तयार गरिएको आयोगले जनाएको छ । हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ ।

सार्वजनिक नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । यसैबीच आयोगले गएको मंसिर २ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नसमेत आग्रह गरेको छ ।

प्रचारप्रसार गर्नेक्रममा आचारसंहिता विपरीत छिटपुट घटना भएकोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले आज विज्ञप्ती निकालेर आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न संयन्त्रहरु परिचालन भएका जनाएको छ । मंसिर १६ गते आइतवार ३२ जिल्लाका ४१ पालिकामा रिक्त पदका लागि मतदान हुँदैछ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया