मानवीय सहायताको क्षेत्रमा यो वर्ष सबैभन्दा खराब : संयुक्त राष्ट्रसङ्घ

 मंसिर ८, २०८१ शनिबार ६:३७:३ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्रसङ्घले सन् २०२४ लाई मानवीय सहायताको क्षेत्रमा सबैभन्दा खराब वर्ष रहेको जनाएको छ ।

अघिल्लो वर्ष सन् २०२३ मा ३३ देशमा दुई सय ८० जना मानवीय सहायताकर्मीको ज्यान गएको थियो । तर यो वर्ष सन् २०२४ को ११ महिना नबित्दै दुई सय ८१ जना मानवीय सहायताकर्मीले ज्यान गुमाएका राष्ट्रसङ्घले पुष्टि गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले मानवीय सहायताकर्मी उच्च सङ्ख्यामा मारिएका बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख फ्लेचरले द्वन्द्वरत देश र पक्षहरूले मानवताको रक्षा गर्नुपर्ने, अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्ने र दण्डहीनताको युगका लागि आह्वान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

गाजामा भइरहेको आक्रमण, रूस–युक्रेन युद्ध तथा अफगानिस्तान, कङ्गो, सुडानलगायत विभिन्न देशमा सहायताकर्मीहरू अपहरण, उत्पीडन र युद्धको चपेटामा परेका छन् ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया