नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
इलाम – इलामको माङसेबुङ गाउँपालिकामा ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा आएको छ । माङसेबुङ गाउँपालिका वडा नम्बर ५ ले सरकारी कामकाजी भाषाको रुपमा देशमै पहिलो पटक ‘लिम्बू भाषा’ लाई कार्यान्वयनमा ल्याएको हो ।
लिम्बु बाहुल्यताका आधारमा वडामा कामकाजी भाषाको रुपमा ‘लिम्बू भाषा’ को शुभारम्भ गरेको वडाध्यक्ष नरेन्द्र राईले बताउनु भयो ।
लिम्बू समुदायको बाहुल्यता रहेकाले स्थानीय भाषाको सम्मान गर्दै लिम्बु भाषालाईसमेत सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिएको बताइएको छ । गएको १५ कात्तिकमा बसेको बैठकले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको वडाकार्यलयले जनाएको छ ।
वडाकार्यलयले तत्काल लिम्बू भाषा जानकार स्थानीय पाँच जना स्वयमसेवकबाट सहयोग लिने तयारी गरेको छ । त्यसका लागि स्वयमसेवक समिति समेत गठन भइसकेको छ । समितिले गाउँपालिकाबाट दोभासे कर्मचारी नियुक्त नभएसम्म स्वयमसेवकको भूमिका निर्वाह गर्नेछ ।
यसैक्रममा गाउँपालिकाले सरकारी कार्यालयका बोर्डमा तीन भाषा र लिपीको प्रयोग सुरु गरेको छ । गाउँसभाले पारित गरेको त्रैभाषिक नीति अनुसार अन्तर्राष्ट्रिय भाषा अंग्रेजी, राष्ट्रिय भाषा नेपाली र स्थानीय भाषा लिम्बूमा साइन बोर्ड राख्ने अभियान सुरु गरेको छ । अभियानका सुरुवात वडा नम्बर ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा बोर्ड राखेर गरीएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।