एन्फा महिला लिगमा आर्मीले बाग्मती युथलाई हरायो
पुस १८, २०८१ बिहिबार
काठमाण्डाै – भक्तपुरमा एक जना मेडिकल सञ्चालक तथा स्वास्थ्यकर्मीलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर रकम असुल्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ नयाँ थिमि बस्ने समृद्धि मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारि घर भई स्वयम्भू बस्ने दीपेन्द्र दर्जी र नयाँ थिमि बस्ने वर्षा दर्जी छन् । उनीहरूले स्वास्थ्यकर्मीलाई उपचारका लागि घरमा बोलाएर बलात्कारमा फसाइदिने धम्की दिई रकम असुलेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
पक्राउ परेकी वर्षाले घाउ ड्रेसिङका लागि भन्दै स्वास्थ्यकर्मीलाई बोलाएर आफ्नो शरीर छुन लगाएकी थिइन् । वर्षाले कोठामा आफू एक्लै भएको बेलामा स्वास्थ्यकर्मीलाई बोलाएपछि शारीरिक सम्पर्क भएको आरोप लगाएर जबरजस्ती करणी मुद्दामा फसाइदिन्छु भन्दै डरत्रास देखाएर आठ लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।