एन्फा महिला लिगमा आर्मीले बाग्मती युथलाई हरायो
पुस १८, २०८१ बिहिबार
काठमाण्डाै – भारतीय आपराधिक समूह ‘लरेन्स बिश्नाेई’ काे सदस्य हुँ भन्दै नेपाली व्यवसायीलाई धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।
भारतीय नम्बरबाट फोन तथा मेसेजमार्फत धम्की दिने पाँचथर घर भई झापा बस्दै आएका नवीन प्रधान भन्ने हरिचन्द्र फुयललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले विभिन्न व्यक्तिहरूलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यानसमेत लिने धम्की दिएका थिए ।
पक्राउपछि प्रारम्भिक अनुसन्धान गर्दा उनले भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरूलाई धम्की दिने कार्य मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा गरेको खुलेको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्ला अदालत काठमाण्डाैले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।