सिरियाको अलेप्पो शहर नियन्त्रणपछि विद्रोहीमाथि सेनाको आक्रमण शुरू

 मंसिर १७, २०८१ सोमबार ९:४०:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विपक्षीले सिरियाको अलेप्पो शहरको धेरैजसो भाग नियन्त्रण गरेपछि सिरियाली र रूसी विमानहरूले विद्रोहीमाथि आक्रमणलाई तीव्र पारेका छन् ।

देशको दोस्रो ठूलो शहर अलेप्पो नियन्त्रण गरेपछि सिरियाली र रूसी जेट विमानहरूले उत्तरी सिरियामा विपक्षी सेनाहरूमाथि आक्रमण बढाएका हुन् । विद्रोही गठबन्धनले अलेप्पोको पूर्वमा रहेको एउटा महत्त्वपूर्ण सैन्य आधार र अलेप्पो र इडलिब प्रान्तका ठूला क्षेत्रहरू पनि नियन्त्रणमा लिएका सीएनएनले जनाएको छ ।

यस क्षेत्रमा भएको आक्रमणमा विद्रोही समूह, सरकारी सेना र नागरिक गरी ३ सय १५ जनाको ज्यान गएको छ । सय जना घाइते भएका छन् ।  राष्ट्रपति बसर अल असदको आठ बर्षको कार्यकालमा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको बेलायतमा रहेको खबरमा उल्लेख छ ।

सन् २०११ मा  द्वन्द्व शुरू भएयता पहिलो पटक अलेप्पो शहर सिरियाली सरकारी सेनाको नियन्त्रणबाहिर पुगेको वेलायतमा रहेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।

इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच छिमेकी लेबनानमा युद्धविराम लागू भएकै दिन गएको बुधवारदेखि विद्रोहीहरूले इरानी र रूसी समर्थित सिरियाली सरकारका सेनाविरुद्ध आक्रमण शुरू गरेका थिए । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया