बर्दियाकाे ठाकुरबाबा नगरपालिका–४ काे वडाध्यक्षमा कांग्रेसका थ...
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस । समसामयिक दासत्वका सबै रूपहरू पत्ता लगाउन, रिपोर्ट गर्न र उन्मूलन गर्न सबै एक हौँ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ । यस दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयुक्त राष्ट्रसङ्घ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ ।
नेपालमा चन्द्र शमसेर राणाले १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो । तर नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भए पनि दासताको परिवर्तित स्वरुपले चुनौति थपिएको छ ।
नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व बढिरहेको यस क्षेत्रका जानकारहरु बताउँछन् । पुराना तरिकाका दास तथा दासताका प्रथा घटे पनि मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन व्यवसायमा लगाइने गरेको पाइएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को पछिल्लो तथ्याङ्कअनुसार चार करोडभन्दा बढी मानिस विश्वभर आधुनिक दासताको शिकार बनेका छन् । आईएलओकाअनुसार आधुनिक समयमा पनि निकै धेरै मानिस दासतामा रहन बाध्य छन् । यस्ता श्रमिकमा महिला र बालबालिकाको सङ्ख्या धेरै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।