अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : कानूनी रूपमा अधिकार सुरक्षित, व्यहावरमा अनेक कठिनाइ

 मंसिर १८, २०८१ मंगलबार ८:२८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार,अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कुल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदनअनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगन्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति वञ्चित छन् ।

प्रतिवेदनअनुसार नेपालको कुल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवदेनअनुसार कुल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले नेपालमा विपद्सम्बन्धी कानून र नीतिमा समावेश ‘अपाङ्गता समावेशी’ व्यवस्थालाई व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएको छ ।

नेपालमा अपाङ्गता भएका व्यक्तिहरूलाई  मानवअधिकारको समान उपयोग, सेवा सुविधा र अवसरमा समान पहुँच र निर्णय प्रकृयाहरूमा समान प्रतिनिधित्व गराउने प्रतिबद्धताका साथ संविधान लेखन तथा कानून बनेका छन् । तर अझै पनि विभिन्न अवरोधहरुको कारण उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक संरचना, सञ्चार, यातायात जस्ता आधारभूत सेवा र अवसरहरूलाई अरु सरह उपयोग गर्न नपाएका राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका सङ्घीय अध्यक्ष देवीदत्त आचार्यले बताउनुभयो ।

शारीरिक संरचनामा आएको कठिनाइका बाबजुद अपाङ्गता भएका व्यक्तिहरूले अहिले पनि समाजमा शारीरिक, मानसिक लगायत धेरै किसिमका कठिनाइसँग जुध्नु पर्ने अवस्था रहेकाे उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया