राजपा सरकारमा जाँदैन : राजेन्द्र महतो

 मंसिर १४, २०७५ शुक्रबार १६:५२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ । 

राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजेन्द्र महतोले सरकारमा जाने पार्टीको कुनै सोच नरहेको प्रष्टयाउनु भएको हो । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले ‘राजपा सरकारमा जाने’ भन्ने विभिन्न समाचार माध्यममा आएका समाचारमा सत्यता नरहेको दावीसमेत गर्नुभयो ।

संयोजक महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने-नलिने भन्ने विषय पार्टीले छिट्टै छलफल गरेर टुंगो लगाउने पनि स्पष्ट पार्नुभयो ।

संयोजक महतोले आफूलाई संयोजक बनाएपछि पार्टी अध्यक्ष मण्डलको बैठक बस्न नसकेको भन्ने समाचारको पनि खण्डन गर्नुभयो । महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाउने निर्णयप्रति असहमति जनाउँदै नेता अनिल झा नआएपछि आज बोलाइएको अध्यक्ष मण्डलको बैठक समेत बस्न सकेन । तर संयोजक महतले भने पार्टीभित्र कुनै विवाद नरहेको दावी गर्नुभयो । उहाँले आज पनि अनौपचारिक विषयमा छलफल गरिएको र नेता महन्त ठाकुर स्वास्थ्य उपचार गरेर भारतबाट फर्के पछि पार्टीको औपचारिक बैठक बस्ने जानकारी पनि दिनुभयो ।

संयोजक महतोले नेता ठाकुर उपचार गरेर भारतबाट फर्केपछि बस्ने बैठकले पार्टीको महाधिवेशनको तयारीको कामलाई तीव्रता दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने-नलिने आवश्यक निर्णय लिने पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया