एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ – जनकपुरधाममा चलिरहेको साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन हिजो धनुषयज्ञ सम्पन्न भएको छ । विधिवतरुपमा आइतवार शुरू भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत हिजो बाह्रबिघा रङ्गभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो ।
त्यस अवसरमा अयोध्याबाट करिब पाँच सयको सङ्ख्यामा आएका साधुसन्तको जन्ती टोली पनि सहभागी भएको थियो । विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव र भोलि पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम मनाइनेछ । मुख्य दिन पर्सि जनकपुरकै राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट निस्केका जानकीको डोला रङ्गभूमि मैदान पुर्याउने छ ।
त्यहाँ स्वयंवर तथा सीतारामको विवाह हुनेछ । रामसीता विवाह सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ । यसैबीच मधेस प्रदेश सरकारले जनकपुरधाममा हुन लागेको विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित र भव्य बनाउन आवासको व्यवस्था गरेको छ ।
रामजानकी विवाह हुने दिन पर्सि शुक्रवार जनकपुरधाममा लाखौँको सङ्ख्यामा मेला भर्न आउने श्रद्धालु भक्तजन तथा साधुसन्तका लागि उचित तथा पर्याप्त सुविधा उपलब्ध गराउने गरी प्रदेश सरकारले शहरका विभिन्न ठाउँमा अस्थायी आवासलगायत संरचना बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।