रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

 मंसिर १९, २०८१ बुधबार १८:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष रहेका पूर्वडीआईजी छविलाल जाेशीलगायत १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

लामिछाने प्रबन्ध निर्देशक रहेका बेला सानो पाइला सहाकारीबाट झन्डै आठ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले उल्लेख गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीमा बचत कर्ताको रकम अपचलन गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध त्यसपछि रुपन्देही, काठमाण्डौ र चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । कास्की, रुपन्देही र काठमाण्डौमा बयान सकेर प्रहरीले लामिछानेलाई चितवन पुर्‍याएको छ । चितवनमा आज दोस्रो दिन पनि बयान लिएको छ ।

अन्तिम अपडेट: मंसिर २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया