अफ्रिकी देश नामिबियामा पहिलो महिला राष्ट्रपति निर्वाचित

 मंसिर १९, २०८१ बुधबार १२:२:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अफ्रिकी देश नामिबियाले पहिलो पटक महिला राष्ट्रपति पाएको छ । नेतुम्बो नन्दी–नडैतवाह नामिबियाको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला हुनुभएको बीबीसीले जनाएको छ ।

यसअघि उहाँले उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । उहाँ सत्तारूढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसन स्वापोको सदस्य हुनुहुन्छ ।

राष्ट्रपति चुनावमा नडैतवाहले ५७ प्रतिशतभन्दा बढी मत ल्याउनुभएको छ भने प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत ल्याउनुभएको छ । तर पाण्डुलेनी इतुलाले चुनाव प्रक्रियामा धाँधली गरेको आरोप लगाउँदै परिणाम स्वीकार गर्न अस्वीकार गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया