इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा नरसंहार मच्याएको एमनेष्टी इन्टरनेसनलकाे आरोप

 मंसिर २०, २०८१ बिहीबार १८:३२:४४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मानव अधिकार सङ्गठन एमनेष्टी इन्टरनेसनलले इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा नरसंहार मच्याएको आरोप लगाएको छ । आज नयाँ रिपोर्ट सार्वजनिक गर्दै एमनेष्टीले गाजामा दुईतर्फी युद्ध निकै कम भएको तर इजरायलले एकतर्फी रुपमा गोला बारुद वर्षाएर निर्दोष नागरिकको ज्यान लिइरहेको उल्लेख छ ।

एमनेस्टीले इजरायलको सैन्य अभियान र यसको नीतिहरूको सामूहिक प्रभावलाई हेरेको र इजरायलले गाजामा नरसंहारको लागि कानूनी सीमा पार गरेको निष्कर्ष निकालेको बताएको छ । ‘प्यालेस्टाइनहरू कुपोषण र रोगको कारण व्यापक विनाशको सामना गरिरहेका छन् ।’ रिपोर्टमा उल्लेख छ ।

एकै वर्षमा इजरायलले ४५ हजार जनाभन्दा धेरै प्यालेस्टाइनीको ज्यान लिइसकेको छ । तर इजरायली सेनाले भने एमनेस्टीको नयाँ रिपोर्टमा भएका दाबीहरु पूर्ण रूपमा आधारहीन रहेको जवाफ दिएको छ । इजरायलले अन्तर्राष्ट्रिय कानूनको सम्मान गरेको र गाजामा युद्ध १५ महिना अघि हमासको आक्रमणपछि शुरु भएको इजरायली सेनाको दाबी छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया