दक्षिण कोरियाका राष्ट्रपति युनको संसद् भवन जाने कार्यक्रम स्थगित

 मंसिर २१, २०८१ शुक्रबार १५:३३:१० | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

दक्षिण काेरियाका राष्ट्रपति युन सुक येओलले संसद् भवन जाने कार्यक्रम स्थगित गर्नुभएको छ । संसद्मा उपस्थित भएर मार्सल कानून लागू गर्नुपर्ने कारणबारे जानकारी गराएर महाभियोगको प्रतिरक्षा गर्ने तयारी रहेकोमा अन्तिम समयमा स्थगित भएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति संसद् भवन जाने भएपछि रोक्नका लागि विपक्षी सांसदसहित प्रदर्शनकारीहरूले मानव पर्खाल बनाएका थिए । महाभियोगमा मतदान भोलिका लागि तय भएको प्रमुख विपक्षी दलले जनाएको छ । प्रस्ताव पारित गर्न आवश्यक सङ्ख्या जुटाउन सकिन्छ भन्ने पक्का भएलगत्तै मतदान हुने पनि पार्टीले भनेको छ ।

तीन सय सिटको संसद्मा प्रतिपक्ष दलका एक सय ९२ सिट छ । प्रस्ताव पारित गर्न सत्तारूढ दलका आठ जना सांसदको समर्थन जुटाउन पर्नेछ । सत्तारूढ दलका नेता हान डोङ–हुनले राष्ट्रपति युन सुक येओलको संवैधानिक अधिकारलाई निलम्बन गर्न आवश्यक रहेको बताउनुभएकोले महाभियोग प्रस्तावमा सत्तारूढ पार्टीका सांसदहरूले पनि मतदान गर्न सक्ने बीबीसीले जनाएको छ ।

यसैबीच राष्ट्रपति युनले सत्तारूढ दलका नेता हान डोङ–हुनलाई पनि पक्रने आदेश दिएको खुलासा भएको छ । मङ्गलवार राति मार्सल ल लागू गर्दाखेरि राष्ट्रपतिले डोङ–हुनलाई पक्राउ गर्ने आदेश दिएको खुलेको हो । हुनसहित प्रमुख प्रतिपक्ष दलका नेता लि जेय–मेयुङलगायतलाई पक्राउ गर्ने तयारी रहेको खुलेको बीबीसीको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया