एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
संसारकै धनी व्यक्ति एलन मस्कले अमेरिकी राष्ट्रपतिको चुनावका क्रममा डोनाल्ड ट्रम्पको अभियानलाई २५ करोड डलरभन्दा धेरै चन्दा दिएको खुलेको छ । नेपालीमा यो रकम झन्डै ३४ अर्ब रुपैयाँ हुन आउँछ ।
यो रकम सन् २०१० पछि कुनै पनि दाताले कुनै पनि उम्मेदवार र दललाई दिएको चन्दामध्ये सबैभन्दा धेरै हो । स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका मस्कले ट्रम्पको ह्वाइट हाउस प्रवेशमा ठूलो भूमिका खेल्नुभएको थियो ।
गैरनाफामूलक संस्था ओपनसेक्रेट्सको तथ्याङ्कअनुसार मस्कले ट्रम्पको चुनावी अभियानमा खर्चको कुनै कमी हुन दिनुभएको थिएन । मस्कले शुरूमै २० करोड डलर ट्रम्पको अभियानलाई दिनुभएको थियो । त्यसपछि पाँच करोड डलर विभिन्न घुमाउरो बाटोबाट दिएको उल्लेख छ ।
नोभेम्बरमा भएको चुनाव जितेपछि एलन मस्क ट्रम्पका सबैभन्दा नजिकका सहयोगी बन्नुभएको छ । उनीहरूबीच निकै लामो समयको साझेदारी हुने सम्भावना छ । ट्रम्प टेक्सासमा स्पेसएक्स कम्पनीले गरेकाे रकेट प्रक्षेपण हेर्नका लागि पनि पुग्नुभएको थियो ।
ट्रम्पले एलन मस्कलाई सरकारी दक्षता विभागको प्रमुखको रूपमा चयन गर्नुभएको छ । जसको उद्देश्य सङ्घीय खर्चमा अर्बाैं डलर कटौती गर्नुरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।