गढीमाई मन्दिरमा भक्जनकाे भीड

 मंसिर २२, २०८१ शनिबार १२:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – बाराकाे महागढीमाई नगरपालिका–१ वरियापुर गाउँमा रहेकाे गढीमाई मन्दिरको मेलामा दिनहुँ भक्तजनहरूको घुइँचो बढ्दै गएकाे छ । प्रत्येक पाँच वर्षमा एक पटक लाग्ने गढीमाईको मेलामा दैनिक उल्लेख्य सङ्ख्यामा भक्तजनहरू दर्शनका लागि पुगिरहेका छन् ।

नेपालमा मात्रै नभई छिमेकी देश भारतसहित विश्वमा प्रसिद्धि प्राप्त रहेको गढीमाईमा भक्तजनकाे भीड लागिरहेकाे आयाेजकले जनाएकाे छ । भक्तजनहरूलाई असुविधा नहोस् भनेर पङ्क्तिबद्ध भई माताको दर्शन गर्ने व्यवस्था मिलाएकाे आयाेजककाे भनाइ छ ।

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले मेलामा सुरक्षाकाे उचित प्रबन्ध मिलाइएकाे र कतै कमजोरी भएमा सुझाव दिन आग्रह गर्दै सुधारको प्रयास गरिने बताउनुभयाे । मेलालाई व्यवस्थित बनाउन ठूलाे सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्वयंसेवक खटाइएकाे छ ।

आजदेखि मेलामा अझै भीड बढ्ने भन्दै मेयर यादवले सुरक्षित भएर घुम्न एवम् दर्शन गर्न भक्तजनहरूलाई आग्रह गर्नुभएकाे छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया