१७ वर्षका पुरुषसँग विवाह गरेको आरोपमा २० वर्षीया महिला पक्राउ

 मंसिर १४, २०७५ शुक्रबार १९:२३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

कम उमेरको पुरुषसँग विवाह गरेको आरोपमा भारतको मुम्बईमा २० वर्षकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

१७ वर्षका पुरुषसँग विवाह गरेको आरोपमा ती महिलालाई प्रहरीले पक्राउ गरी करागार चलान गरेको हो । ती महिला पाँच वर्षकी छोरीसहित जेल बसिरहेकी छिन । पुरुषका आमाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई बाल यौन दुराचार ऐन अन्तर्गत कारबाही गरिएको हो । ती महिलाले उनीहरुको सम्बन्ध सहमतिमा भएको र उनको श्रीमान कम उमेरको नभएको दाबी गरेकी छिन । भारतमा यौन सम्बन्ध राख्न १८ वर्ष पूरा हुनुपर्ने कानुन रहेको छ । विवाहको लागि पुरुष २१ वर्ष र महिला १८ वर्ष पूरा हुनुपर्ने कानुनी मान्यता रहेको छ ।

प्रहरीले ती महिलालाई विवाह सम्बन्धीको कानुन उलङ्घन गरेको भन्दै कारबाही गरेको जनाएको छ । पुरुषलाई कम उमेरका केटीसँग विवाह गरेको आरोपमा पक्राउ गरेका घटना धेरै भएपनि महिलालाई कम उमेरका पुरुषसँग विवाह गरेको आरोपमा कारबाही गरिएको यस्तो घटना भने कमै हुने गरेको छ ।

बीबीसी हिन्दीका अनुसार ती पुरुषकी आमाले गएको डिसेम्बरमा ती महिलाविरुद्ध आफ्नो छोरालाई अपहरण गरेर विवाह गर्न जबरजस्ती गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । पुरुषकी आमाले आफूलाई छोराले ती महिलासँग भेट्न नदिए मार्ने धम्की समेत दिएको भनेर उजुरीमा उल्लेख गरेकी छिन ।

आमाका अनुसार ती पुरुष र महिलाको सम्बन्ध दुई वर्षदेखि चलिरहेको थियो । आमाले आफ्ना दुई छोरी १८ र २० वर्षका रहेकाले १७ वर्षको छोराको अहिल्यै विवाह गर्न नसक्ने उजुरीमा उल्लेख गरेकी छिन ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया