एनपीएल : अग्ला रुख र जोखिमयुक्त ठाउँमा बसेर खेल नहेर्न नेपाल प्रहरीको अनुरोध

 मंसिर २२, २०८१ शनिबार १३:४१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीले काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा रुखमा चढेर खेल नहेर्न दर्शकलाई अनुरोध गरेको छ । खेल हेर्नका लागि दर्शकले अग्ला रुख र अन्य जोखिमयुक्त ठाउँ प्रयोग गर्दा ठूलो दुर्घटना हुन सक्ने भन्दै नेपाल प्रहरीले सचेत गराएको हो । दर्शकलाई सुरक्षितरुपमा, सभ्य, मर्यादित भएर खेल हेर्न प्रहरीको अनुरोध छ ।

त्रिवि क्रिकेट मैदानमा पहिलो खेलदेखि नै समर्थकको उत्साहजनक उपस्थिती छ । रङ्गशालामा दर्शकहरू खचाखच भरिने गरेका छन् । पहिलो दिन उद्घाटन खेलमा टिकट काटेर पनि खेल हेर्न नपाएपछि प्रहरी र दर्शकबीच झडपसमेत भएको थियो । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया