मधेस प्रदेशमा यस वर्ष धानको उत्पादन बढ्यो

 मंसिर २२, २०८१ शनिबार १५:७:१४ | रासस
unn.prixa.net

फाइल फाेटाे

धुनुषा – मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गएको आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय ७ मेट्रिकटन धान उत्पादन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन धान उत्पादन धेरै भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताउनुभयो ।

यस वर्ष मधेस प्रदेशमा धानको उत्पादन बढ्नुमा बेलैमा मनसुन हुनु, रोपाइँको क्षेत्रफल बढ्नु, मल र बीउ पनि सहज उपलब्ध हुनुलाई मुख्य कारण मानिएको छ । रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो भने मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको कृषि प्रसार अधिकृत मेहताको भनाइ छ ।

गएको वर्षको तुलनामा यस वर्ष पाँच हजार दुई सय हेक्टर बढी जमिनमा धानखेती गरिएको थियो । गएको वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिकटन धान उत्पादन भएको थियो भने चालू वर्ष प्रतिहेक्टर चार मेट्रिक टन धान उत्पादन भएको छ ।

मधेस प्रदेशमा सबैभन्दा धेरै सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा उत्पादन भएको छ । सप्तरीमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन र रौतहटमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन धान उत्पादन भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धानको खरिद प्रक्रियासमेत शुरु गरेको जनाएको छ ।    

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया