अन्तिम चरणमा पुगेको शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति आवश्यक : प्रचण्ड

 मंसिर २२, २०८१ शनिबार १८:३२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिबाटै निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा सभा तथा प्रथम राष्ट्रिय परिषद् बैठकमा उहाँले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई टुङ्ग्याउन राष्ट्रिय एकता र सहमति अपरिहार्य भएकोमा जोड दिनुभयो ।

शिक्षकहरुको सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल समाजवादी पार्टी निकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । समाजका सबै तहका कमिटी सङ्गठनमा समाहित भएका छन् । सङ्गठनका अध्यक्ष शङ्कर अधिकारी र समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गर्नुभयो ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया