सिरियाको तेस्रो ठूलो शहर होम्स पनि विद्रोहीको कब्जामा

 मंसिर २३, २०८१ आइतबार ६:४:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सिरियाको विद्रोही समूहले देशको तेस्रो सबैभन्दा ठूलो शहर होम्स पनि कब्जा गरेको छ । इस्लामिक विद्रोही समूहका नेता गोलानीले होम्स शहर पूर्ण नियन्त्रणमा रहेको र यो ऐतिहासिक क्षण भएको प्रतिक्रिया दिएका बीबीसीले जनाएको छ ।

बिद्रोही समूहले यस अघि ठूलो शहर अलेप्पो र हामा शहर कव्जा गरेको थियो । होम्स शहर बिद्रोहीको कब्जामा परेसँगै सिरियाको राजधानी दमास्कसले धेरै शहरहरूसँग सम्पर्क गुमाएको बेलायतमा आधारित सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले जनाएको छ ।

झण्डै दुई करोड २० लाख जनसङ्ख्या रहेको सिरिया भूमध्य सागरको पूर्वी तटमा रहेको छ । सिरियाको उत्तरमा टर्की, पश्चिम एवम् दक्षिण पश्चिममा लेबनान र इजरायल छन् । यस्तै, पूर्वमा इराक र दक्षिणमा जोडर्नसमेत जोडिन्छ ।

लेबनानमा केही समयअघि मात्रै युद्धविराम घोषित भएसँगै इजरायली आक्रणम बन्द भएको छ । छिमेकमा युद्ध भएकै मौकामा इस्लामिक विद्रोहीहरुले सिरियामा सत्ता कब्जा गर्ने प्रयास गरेको छ । 
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया