काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा हेल्प नेपाल र क्लब एचडीसीको विजयी शुरुवात

 मंसिर २३, २०८१ आइतबार ६:२९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभा पुरुष भलिबल क्लब च्याम्पियनशिप प्रतियोगिताअन्तर्गत हिजो भएका खेलमा हेल्प नेपाल स्पोर्टस क्लब र माल्दिभ्सको क्लब एचडीसीले विजयी शुरुवात गरेका छन् ।

उद्घाटन खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा हरायो । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलको पहिलो सेट हेल्प नेपालले २५–२२ ले जित्यो । दोस्रो र तेस्रो सेट क्यालिकट हिरोजले २५–२० र २५–२२ ले जित्यो ।

त्यसपछि चौथो सेट २६–२४ ले जितेको नेपाल स्पोर्टस क्लबले अन्तिम सेट १५–१० ले जितेर प्रतियोगितामा विजयी शुरुवात गर्‍याे । यस्तै राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमै भएको दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडीसीले नेपालको गण्डकी प्रदेश भलिबल सङ्घलाई ३–२ को सेटमा परािजत गर्‍याे ।

गण्डकीले पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२३ ले जितेकोको त्यसपछिका तिनवटै सेट जित्दै माल्दिभ्सको क्लब एचडीसीले प्रतियोगितामा विजयी शुरुवात गर्‍याे ।

आज पनि  दुई खेल वटा खेल हुनेछन् । काभा पुरुष च्याम्पियनशिपमा नेपालसहित चार देशका पाँच क्लब सहभागी छन् । आठ दिनसम्म चल्ने च्याम्पियनशिपमा कुल १४ खेल हुनेछन् ।

लिगमा उत्कृष्ट हुने शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । लिगको शीर्ष टिमले तेस्रो तथा दोस्रोले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ । फाइनल मङ्सिर २९ गते हुनेछ ।  

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया