नेदरल्याण्डमा ५ जनाको ज्यान जानेगरी पाँच वटा भवनमा विष्फोट, आतङ्कवादी हमलाको शङ्का

 मंसिर २४, २०८१ सोमबार १५:२५:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

नेदरल्याण्डको प्रहरीले पाँच जनाको ज्यान जानेगरी पाँच वटा घर विष्फोट भएको घटनामा आतङ्कवादी हमला भएको दाबी गरेको छ । अस्ति शनिवार नेदरल्याण्डमा अपार्टमेन्टका पाँचवटा घरमा एकाएक विष्फोट भएको थियो ।

विष्फोटमा पाँच जनाको ज्यान गएको छ भने अझै केही हराइहेका छन् । चार जना घाइतको उपचार भइरहेको छ । केही मृतकको शरिर आगोले जलेकाले पहिचान गर्न गाह्रो भएको पनि खबरमा उल्लेख छ । विस्फोटको कारण के हो भन्ने कुरा अझै थाहा नभएपछि यसमा आतङ्कवादी हमलाका स्पष्ट सङ्केत देखिएका मुख्य सरकारी अभियोजक अधिकारी माग्रीट फ्रोबर्गले बताउनुभएको छ ।

थप अनुसन्धान गरेर यो विषयमा स्पष्ट धारणा बाहिर ल्याउने पनि उहाँले बताउनुभएको छ । हेग प्रहरी प्रमुख क्यारिन क्रुकर्टले शनिवार बिहान विस्फोट भएको केही समयपछि घटनास्थलबाट तीव्र गतिमा हिँडिरहेको कारमाथि अनुसन्धान केन्द्रित भएको बताउनुभएको छ ।  एउटा पीडितहरूको पहिचान गर्न र अर्को विस्फोटको कारण अनुसन्धान गर्न दुई अलग–अलग टोली स्थापना गरिएको छ । 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया