न्यूजिल्याण्डको एउटा पहाडलाई मानिस सरहको अधिकार प्रदान

 माघ १८, २०८१ शुक्रबार १८:४५:५१ | एजेन्सी
unn.prixa.net

एजेन्सी

न्यूजिल्याण्डले एउटा पहाडलाई मानिस सरहको कानुनी अधिकार प्रदान गरेको छ । वर्षौंको वार्तापछि न्युजिल्याण्डको संसदले टारानाकी माउङ्गा नामको पहाडलाई कानुनी व्यक्तित्व प्रदान गर्ने विधेयक पारित गरेको बीबीसीले जनाएको छ ।

विधेयक अनुसार अब टारानाकी पहाड आफ्नो मालिक आफैं भएको छ । यसको व्यवस्थापन स्थानीय माओरी आदिवासी समुदाय र सरकारी प्रतिनिधिहरूको संयुक्त समितिले गर्नेछ । यो निर्णयले उपनिवेशकालमा माओरी समुदायमाथि भएको अन्याय र उनीहरूको जमिन अधिग्रहणको क्षतिपूर्ति गर्ने लक्ष्य राखेको बीबीसीले जनाएको छ ।

पहाडको औपचारिक नाम एगमोन्टबाट परिवर्तन गरी टारानाकी माउङ्गा कायम भएको छ । एगमोन्ट भन्ने नाम बेलायती अन्वेषक जेम्स कूकले १८ औँ शताब्दीमा दिएका थिए ।

सरकारले सन् १८६० को दशकमा स्थानीय माओरी समुदायबाट पहाड र दश लाख एकडभन्दा बढी जमिन अधिग्रहण गरेकोमा क्षमायाचनासमेत गरेको छ । यो पहाडमा सर्वसाधारणको पहुँचमा यथावत् रहने छ । दुई हजार पाँच सय १८ मिटर अग्लो यो पर्वत ज्वालामुखीबाट बनेको हो ।

न्यूजिल्याण्डले यसअघि सन् २०१४ मा उरेवेरा वन क्षेत्र र २०१७ मा ह्वानगानुई नदीलाई पनि यस्तै कानुनी व्यक्तित्व प्रदान गरिएको थियो । माओरी पार्टीले यो निर्णयले पहाडलाई अन्याय र घृणाको बन्धनबाट मुक्त गरेको बताउनुभएको छ ।  

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया