सिरहामा खाद्य कम्पनीले धान किन्न थाल्यो
मंसिर २६, २०८१ बुधबार
इजरायली लडाकु विमानले सिरियाको राजधानी दमास्कससहित देशभर आक्रमण शुरू गरेका छन् । सिरियामा विद्रोही समूहले सत्ता कब्जा गरेसँगै इजरायलले सैन्य लक्षित सयभन्दा बढी आक्रमण गरेको बीबीसीले जनाएको छ ।
इस्लामिक विद्रोह समूहले राष्ट्रपति बसर अल असदको सत्ता अपदस्त गरेसँगै इजरायलले सिरियामाथि आक्रमण शुरू गरेको हो । इजरायलले दमास्कस, दारा, लताकिया र हमा शहरका सैन्य स्थललाई निशाना बनाएको छ ।
इजरायलले रासायनिक हतियार उत्पादनसँग जोडिएको एक अनुसन्धान केन्द्रमा समेत आक्रण गरेको हुनसक्ने आशङ्का छ । इजरायलले भने चरमपन्थीहरुको हातमा हतियार जानबाट रोक्नका लागि काम गरिरहेको प्रतिक्रिया दिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो देशको सुरक्षाका लागि यो कारबाही जरुरी रहेको बताउनुभएको छ । यसअघि परिवारसहित रुस पुग्नुभएका सिरियाका अपदस्त राष्ट्रपति असदलाई रुसले विद्रोहीसँग वार्ता र संवादबाट समस्या समाधान गर्नुपर्ने सुझाव दिइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।